जथाभावी विषादी बेच्ने व्यवसायीलाई जरिवाना

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

Bishadiकाठमाडौं । आफूखुसी आयात गरेर जथाभावी विषादी बेच्ने व्यवसायीलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी कानुन बन्न थालेको छ । जीवनाशक विषादी ऐन २०४८ संशोधन गरेर सरकारले यस्तो प्रावधान राख्न लागेको हो ।

व्यापारीले प्रतिबन्धित विषादी आयात गरेर किसानलाई जथाभावी बेचेको भेटिए ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र पहिलोपल्ट ६ महिना कैद वा दुवै सजाय हुनसक्ने प्रावधान ऐनमा राख्न लागिएको नागरिक दैनिकमा खबर छ ।

आयातकर्ता र बिक्रेताले आफूखुसी विषादी भित्र्याएर किसानलाई अनियन्त्रित रुपमा बेचेका कारण पछिल्लो समय हरियो तरकारीमा बढी विषादी अवशेष भेटिएको र त्यसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको भन्दै सरकारले ऐन संशोधन गर्न लागेको हो ।

सम्बन्धित खबरहरु