बालिकालाई जबर्जस्ती विवाह गरिदिने तीन महिला पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

marriage aghiखोटाङ । बैकुन्ठे ४ भोजपुरकी १५ वर्षीया बालिकालाई जबर्जस्ती विवाह गरिदिने जालफा गाविसका तीन महिला पक्राउ परेका छन् ।

दिदीको घर बस्दै आएकी राई थरकी बालिकालाई जालपा ९ का ५० वर्षीय भूमिराज राईसँग जबर्जस्ती विवाह गरिदिने लाजपा ९ का चिजा राई,गायत्री राई र दुर्गासरी राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बालिकाको इच्छाविपरित जबजस्ती भूमिराजको घरको कोठामा लगेर फूलमाला र सिन्दुरपोते लगाउन लगाएर विवाह गरेको घोषणा गरेका थिए ।

उनीहरुलाई म्याद थप गरेर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका सई यादव गौतमले बताए ।

गौतमका अनुसार बालिकालाई फकाएर भुमिराजको घरमा लगेको र जबर्जस्ती सिन्दुर पोते गर्न लगाएर ती महिलाले ढोका थुनेर बालिकालाई बलात्कार गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

धनी छ, चाहिएको पैसा दिन्छ भन्दै लगेको र नमानेछछि जबर्जस्ती ढोका थुनेर बिहे गरिदिएका थिए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु