sagarmathaकाठमाडौं । एचआइभी संक्रमित गोपाल श्रेष्ठले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । पोखारा उपमहानगरपालिका ७ रत्नचोकका ५१ वर्षीय श्रेष्ठ आगामी अप्रिल दोस्रो साता सगरमाथा आरोहण गर्ने भएका हुन् । आरोहणका लागि उनलाई कान्छा आरोही पेम्बाछिरी शेर्पाले सघाउने नयाँ पत्रिकामा खबर छ ।

‘एचआइभी संक्रमित पनि सक्षम छन्’ भन्ने सन्देश दिन आफूले संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको श्रेष्ठले बताए । ‘नेपालमा मात्रै होइन, विश्वका अधिकांश देशमा एचआइभी संक्रमितप्रति हेय भावले हेरिन्छ, संक्रमितहरु रोगी हुन्, उनीहरु केही गर्न सक्दैनन् भन्ने बुझाइ छ, त्यसैलाई चिर्न मैले सगरमाथा चढ्ने निर्णय गरेको हुँ,’ श्रेष्ठले भने ।

झन्डै २० वर्ष अघि वैदेशिक रोजगारीमा जान भन्दै स्वास्थ्य परीक्षण गरेका उनलाई एचआइभी लागेको पत्तो पाएको श्रेष्ठले बताएका छन् ।

सम्बन्धित खबरहरु