आज २०७१ साल चैत ११ गते बुधबारको राशिफल

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

Janaboli Rashifal

  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ शारीरिक स्फूर्ति बढ्नेछ। साथीभाइसँग सद्भाव बढ्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव लिने अवसर मिल्नेछ।

  •  वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो अनावश्यक खर्च बढ्नेछ। कारोबारमा प्रशस्त लाभ मिल्नेछ। अध्ययनमा खासै रुचि नरहला।
  •  मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा कान्ति बढ्नेछ। विपरीत लिंगीप्रति प्रेमप्रसंग चल्नेछ। शत्रु पराजय हुनेछन्। शारीरिक परिश्रम बढ्नेछ।
  •  कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो अनावश्यक खर्च बढ्नुका साथै दैनिक कार्य प्रभावित रहनेछन्। शत्रु बढ्नुका साथै सामाजिक अपमान सहनुपर्ला।
  •  सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे आयआर्जनका नयाँ स्रोत फेला पर्नेछ। पारिवारिक सद्भाव बढ्ने देखिन्छ। प्रतिष्ठा वृद्धि हुनेछ।
  •  कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो रोजगारका अवसर मिल्नेछ। मानसिक चिन्ता रहे पनि आफन्त तथा साथीभाइको सहयोगले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ।
  •  तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते कर्मप्रति नैराश्य बढ्नेछ। धर्मकर्म तथा आध्यात्मिक क्षेत्रमा नयाँ कार्यको नेतृत्व गर्ने अवसर मिल्नेछ।
  •  वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु स्वास्थ्य स्थिति बिग्रन सक्ने सम्भावना देखिन्छ। आम्दानीको स्रोत सबल भए पनि खर्च वृद्धि होला। हराएको धन प्राप्ति हुने योग छ।
  •  धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे पारिवारिक सम्बन्धमा सुधार आउनेछ। दाम्पत्य जीवन सुखमय रहने देखिन्छ। प्रेम सफलता मिल्नेछ।
  •  मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि अनावश्यक वादविवाद सामना गर्नुपर्ला। धनआर्जनको अवसर मिल्नेछ। स्वास्थ्यमा समस्या देखिए पनि आफन्तको सहयोग प्राप्त होला।
  •  कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा विद्याबुद्धि र ज्ञानको कदर हुनेछ। साहित्यलेखनमा रुचि बढ्नेछ। एेश्वर्य वृद्धि हुनेछ। दैवीय शक्तिमा विश्वास बढ्नेछ।
  •  मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि दाम्पत्य जीवन सुखमय बन्नेछ। कार्यमा उत्साह र विश्वास बढ्नेछ। आर्थिक क्षेत्र सबल बन्नेछ।

सम्बन्धित खबरहरु