काठमाडौं। तीनपटक प्रधानमन्त्री र एकपटक मन्त्रिपरिषद उपाध्यक्ष भएका कीर्तिनिधि विष्टको गज्जबको इतिहास छ । ०३० असार २५ गते सिंहदरबारमा आगलागी भएपछि उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए। पहिलो पटक ०२५ सालमा प्रधानमन्त्री हुँदा विष्टको उमेर ४० वर्ष थियो। दरबारसँग निकै निकट मानिने विष्ट ०२८ सालमा दोस्रो पल्ट प्रधानमन्त्री भएका थिए भने ०३४ सालमा तेस्रो पल्ट प्रधानमन्त्री भए। ०३६ सालमा राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गर्दा उनी नै प्रधानमन्त्री थिए। तर, निर्वाचन गराउने समयमा उनलाई हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइएको थियो।

उनलाई चीन निकट भनेर आरोप लगाउने गरिन्थ्यो। तर, उनले यो कुरा सधैं अस्वीकार गर्दै आए। उनी प्रधानमन्त्रीबाट हटेपछि उपचारका क्रममा भारत जाँदा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी उनलाई भेट्न नयाँ दिल्लीस्थित नेपाली दूतावासमै आएकी थिइन्। सादगीपूर्ण जीवन जिउने नैतिकवान नेताको छवि बनाएका कारण उनी धेरैका प्रिय थिए। ०४६ सालमा नेपालमा प्रजातन्त्र आएपछि उनी लामो समय निस्क्रिय रहे। ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि उनलाई मन्त्रिपरिषद्को उपाध्यक्ष बनाएका थिए। स्वास्थ्य अवस्था असाध्यै गलेसँगै उनले आफ्नो निधनबारे बाहिर धेरै प्रचारबाजी नगर्न परिवारलाई भनेका थिए। उनले आफूलाई राजकीय सम्मान नदिनू भन्ने इच्छा पनि व्यक्त गरेका थिए। प्रधानमन्त्रीका रुपमा उनले गरेका केही कामहरुको आजपर्यन्त चर्चा हुने गरेको छ। विशेषगरी विस २००८ देखि नेपालमा बस्दै आएको भारतीय सैन्य फौजलाई १८ वर्षपछि फर्काउन सफल भएकैले उनलाई धेरैले राष्ट्रवादी प्रधानमन्त्रीका रुपमा चित्रित गर्छन्।

भारतीय फौज हटाउने निर्णय

२००८ पुसमा केआई सिंहको वि'द्रोहपछि त तत्कालीन यातायातमन्त्री भद्रकाली मिश्रले मन्त्रिपरिषद् बैठकमा काठमाडौंको सुरक्षार्थ ट्याङ्कसहितको भारतीय सेना झिकाउनुपर्ने लिखित प्रस्ताव नै राखे । यस प्रस्तावले मातृकाप्रसाद कोइराला नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्मा विवाद उत्पन्न भयो । विवाद सुल्झाउन सिङ्गो मन्त्रिपरिषद् हेलिकप्टर ‘चार्टर्ड’ गरी दिल्ली पुग्यो । अन्ततः सो प्रस्ताव परिमार्जित रुपमा पारित भयो । त्यसकै आधारमा नेपाली सेनालाई तालिम दिलाउन र नेपालको उत्तरी सीमामा भारतको सुरक्षा चेकपोस्ट राख्न भारतीय सैनिक मिसन झिकाइयो । राजधानी काठमाडौंलाई आधार बनाएर त्यो भारतीय फौज नेपालको उत्तरी सिमानामा परिचालित थियो । चीन–तिब्बतको नेपालसँग जोडिएको उत्तरी सिमानामा १६ वटा चौकी नै स्थापना गरेको थियो भारतीय फौजले । त्यसमार्फत भारतले अमेरिकाको समेत सहयोगमा चीनविरूद्ध सुराकी गर्थ्यो। ‘सन् १९६२ को चीन–भारत यु''द्धताका त त्यसरी उत्तरी सीमामा तैनाथ भारतीय फौजको सक्रियता उदेकलाग्दो थियो,’ पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले भनेका थिए, ‘बेलाबखत ती भारतीय फौज काठमाडौं सडकमा फौजी पोशाकमै घुम्थे ।’

प्रधानमन्त्री विष्टकै पालामा नेपालले भारतले मन नपराउने एउटा निर्णय गर्थ्यो, चीनसँग जोडिएका नेपालका विभिन्न १६ स्थानमा राखिएका भारतीय सैन्य चौकीहरु हटाएर । ती चौकीहरु २००८ सालदेखि नेपालमा स्थापना गरिएका थिए। चिनियाँ पक्षले ती चौकीका बारेमा व्यापक असन्तुष्टि जाहेर गर्दै आएको थियो । ‘मेरै प्रधानमन्त्री कालमा ती चौकीहरु हटाउने निर्णय गरिएको हो,’ तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट भनेका थिए, ‘भारतीय सुरक्षा फौजको उपस्थितिले एकातिर नेपालको सार्वभौम सत्तामाथि आँच पुर्‍याइरहेको थियो भने अर्कोतर्फ अर्को छिमेकी मुलुक चीनलाई चिढाउने काम गरिरहेको थियो ।

‘१९५० र १९६५ का सन्धि खारेज भइसक्यो’

अन्तरिम राणा प्रधानमन्त्री मोहनशमशेरलाई दबावमा पारेर गरिएको १९५० र त्यसैको विस्तारस्वरुप राजा महेन्द्रका पालामा भएको १९६५ को सन्धि व्यवहारमा खारेज भइसके पनि भारतले बेलाबखत ती सन्धिको हवाला दिएर नेपाललाई तर्साउने गरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए, विष्टले । १९६५ को सन्धिमा ‘नेपाललाई आवश्यक पर्ने हा''तह''तियार भारतले उपलब्ध गराउने र अर्को मुलुकबाट ह''तियार ल्याउनुपरे भारत सरकारको अनुमति लिनुपर्ने’ प्रावधान थियो । ‘ती सन्धिहरु व्यावहारिक रुपमा उहिल्यै खारेज भइसकेका छन्,’ आफ्नो प्रधानमन्त्रित्वमा ती सन्धिहरु खारेज भइसकेको सार्वजनिक अभिव्यक्ति दिँदैँ विष्टले भनेका थिए, ‘भारतले कागजी बाघ देखाएर त'र्साइरहेको छ र नेपालका नेताहरु त्यत्तिकै तर्सिरहेका छन् ।’ भारतलाई चिन्ता कीर्तिनिधि थियो । अहिले त्यसको दोब्बर प्रधानमन्त्री केपी ओलीको छ । किनकी उनलेपनि देशका लागि भारतलाई धक्का पुग्नेगरी अडान राखिरहेका छन् ।

खम्पा वि''द्रोह अन्त्यको पहल

तत्कालीन राजा वीरेन्द्रको सन् १९७४ मा चीन भ्रमणका क्रममा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले खम्पा वि''द्रोहप्रति गम्भीर चासो देखाए । चीनबाट फर्केलगत्तै वीरेन्द्रले तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा सुरक्षासम्बद्ध अधिकारीहरुलाई अह्राए, ‘जुनसुकै परिस्थितिमा पनि आगामी वर्ष हुने मेरो राज्याभिषेकअगावै खम्पा वि''द्रो'हको अन्त्य हुनुपर्छ ।’

२०३१ फागुनमा वीरेन्द्रको राज्याभिषेक हुँदै थियो। तिब्बतलाई स्वतन्त्र बनाउने भन्दै करिब एक दशकदेखि नेपालको हिमाली भूभागमा खम्बा वि''द्रो'ह चलिरहेको थियो। जसलाई अमेरिकी बाह्य गुप्तचर संस्था सिआइएले सघाइरहेको थियो। कीर्तिनिधि विष्टले थालेको खम्पा वि''द्रो'ह दबाउने अभियान करिब एक वर्षपछि सफल भयो। तर त्यतिबेला उनी प्रधानमन्त्रीबाट हटिसकेका थिए। यसरी सन् १९६० देखि सुरु भएको खम्पा वि''द्रोह १४ वर्षपछि १९७४ सेप्टेम्बर १५ ९२०३१ भदौ ३०० मा अन्त्य भएको थियो।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु