आगलागीमा करिब २७ करोड बराबरको क्षति

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

Aaglagiजनबोली ११ चैत, ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा भएको आगलागीमा करिब २७ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको  छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रारम्भिक अनुमानअनुसार आगलागीमा ३७ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको र आगो फैलिन नदिन सातवटा घर भत्काइएको थियो ।

तीन सरकारी कार्यालय, आधा दर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका छन् । राति करीव साढे ९ बजे मात्र आगो नियन्त्रणमा आएको थियो । जिल्लामा दमकल नभएकाले आगो नियन्त्रणमा लिन एक्स्काभेटर र डोजर लगाएर घरटहरा भत्काइएको थियो । आगोले घर खरानी भएपछि स्थानीयबासीको बिचिल्ली भएको छ ।

आगलागी पूर्वेली होटलबाट ग्यास चुहावट भएर सुरु भएको थियो । आगलागी भएको सबै घरमा पसल सञ्चालनमा रहेकाले बढी धनजनको क्षति भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७