त्रिभवन आर्मी क्लब राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

APF vs Army Cricketजनबोली १० चैत, काठमाडौं । त्रिभवन आर्मी क्लब राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल भिडन्तमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ५ विकेटले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो ।

आर्मीले २ लाख नगद र ट्रफी हात पारेको छ । एपीएफले भने १ लाख २५ हजारमा चित्त बुझाएको छ ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले ४५ ओभरमा ९ विकेट गुमाएर १६४ रन बनायो । बसन्त रेग्मीले सर्बाधिक अविजित ३७ रन योगदान दिए ।

आर्मीका जितेन्द्र मुखियाले ३ तथा अविनाश कर्ण र सागर पुनले समान २-२ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको आर्मीले नरेश बुढाऐरको अर्धशतक मद्दतमा ४०.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो ।

उसका लागि नरेशले अविजित ५३ रन बनाए भने कप्तान विनोद भण्डारीले ४८ रन जोडे ।

सम्बन्धित खबरहरु