आगलागिले करोडको क्षति

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

shrestha tailoringजनबोली ११ चैत, बुटबल । बुटवलको पुरानो वसपार्क नजिक रहेको श्रेष्ठ टेलरिङमा बुधबार विहान १ बजे लागेको आगलागिले करोडको क्षति भएको छ ।

पसल जलेको खबर सुनेपछि संचालक परियार केहि समय बेहोस बनेका थिए । सञ्चालक परियारले नै बुधबार राति नौ बजे पसल बन्द गरेका थिए । बेहोस भएका उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

आगोले दुई तला माथि सञ्चालन गरिएको रेडिमेड कपडा लगायतका मेसिनहरु पनि नष्ट गरेको छ । भित्रभित्रै बलेको आगोले सबै सामान खरानी भएपछि मात्र २ बजे प्रहरीले जानकारी पाएको थियो । प्रहरी, स्थानीयबासी र बुटवल उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए  ।

बिगत ८ बर्षदेखि बुटवलमा संचालित सेन्टरमा २० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । बिद्युत सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीले जानकारी गराएको छ ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७