अपडेटः जर्मनविङ्समा सवार १५० जनाकै मृत्यु (फोटो फिचर)

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१
A Germanwings Airbus A320 (file image)

तस्विर : वीवीसी

plane-crash

तस्विर : वीवीसी

फ्रान्सको हिमाली क्षेत्र एल्प्समा मंगलबार भएको जर्मनविङ्ग्सको एउटा यात्रु विमान दुर्घटनामा कोही पनि जीवित नभेटिएको अधिकारीहरुले बताएका छन्।

डिनी र बार्सलोनेटको बीचमा उक्त विमान दुर्घटना भएको अधिकारीहरुको भनाई छ।एयरबस ए ३२० यात्रु विमान स्पेनको बार्सिलोनाबाट ड्यूसेलडोर्फका लागि उडेको थियो।विमानमा १ सय ४४ जना यात्रु र ६ जना चालकदलका सदस्य रहेको बताइएको छ।

जर्मन विदेशमन्त्रीले घटनास्थलमा डरलाग्दो दृश्य देखिएको बताएका छन् //BBC

ब्ल्याक बक्स रेकर्डर भेटिए

विमानको ब्ल्याक बक्स रेकर्डर भेटिएको फ्रान्सका आन्तरिक मन्त्रीले बताएका छन्।

Section of Germanwings aircraft

तस्विर वीवीसी

दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन् र उचाई लिइसकेपछि ८ मिनेटसम्म तल झरिरहँदा पनि उक्त विमानले समस्यामा परेको कुनै संकेत नपठाएको बताइएको छ।

यात्रुहरुमध्ये १६ जना जर्मन विद्यार्थीहरु एउटा शैक्षिक आदानप्रदान कार्यक्रममा सहभागी भई फर्किदै थिए।

Recovery workers at crash site

तस्विर वीवीसी

सस्तो भाडादर भएको जर्मनीको प्रमुख हवाईसेवा प्रदायक लुफ्थान्साको स्वामित्वको जर्मनविङ्ग्सको सुरक्षा रेकर्ड उच्चस्तरको रहेको बताइन्छ।

फ्रान्स, स्पेन र जर्मनीका नेताहरुले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।फ्रेन्च आन्तिरक मन्त्रालयका अनुसार एउटा उद्धार टोली मंगलबारै दुर्घटना भएको खोंचमा पुगेको थियो।

डरलाग्दो खोंच

तस्विर वीवीसी

तर साँझ परेपछि उक्त टोलीले काम रोकेको र बुधबार सबेरैदेखि पुनः काम थाल्ने बताइएको छ।

जर्मन विदेशमन्त्रीले पनि दुर्घटनास्थलको अवलोकन गरेका छन्।समाचार संस्था एपीका अनुसार उनले घटनास्थलमा डरलाग्दो दृश्य देखिएको बताएका छन्।अधिकारीहरुले यात्रुहरुमध्ये ६७ जना जर्मन भएको बताएका छन्।स्पेनका उपप्रधानमन्त्रीले ४५ जना स्पेनिश नागरिकहरु रहेको बताए।

विमानमा अष्ट्रेलिया, टर्की, डेनमार्क, नेदरल्याण्डस र बेल्जिमका पनि नागरिहरु रहेको बताइएको छ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७