बसको ठक्करबाट धादिङमा एक पैदल यात्रीको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

dhading_districtmapजनबोली ११ चैत, धादिङ । बसको ठक्करबाट धादिङको बेनिघाटमा एक पैदल यात्रुको मृत्यु भएको छ ।

काठमाडौँबाट इटहरी जाँदै गरेको ना ५ ख ४१६३ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको  स्थानीय २८ वर्षिय लक्ष्मी गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

गुरुङको मृत्यु भएपछि स्थानीयले ठक्कर दिने बसमा पनि तोडफोड गरेको र सवारी आवागमनमा रोक लगाएको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७