दाङमा यस आर्थिक वर्षमा १५ वटा बलात्कारका मुद्दा दर्ता

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

gang_rapeजनबोली ११ चैत, दाङ । दाङ जिल्ला प्रहरीले जनाए अनुसार यस वर्षको आर्थिक वर्षमा १५ वटा बलात्कारका मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयले बलात्कार नियन्त्रण अभियानअन्तर्गत हिजो घोराहीमा आयोजित जिल्लास्तरीय कार्यशाला एवं अन्तर क्रियामा प्रहरी उपरीक्षक खिनुप्रसाद आचार्यले १५ वटा मुद्दा दर्ता भएको मध्ये १४ थान मुद्दाको अनुसन्धान सकेर अदालतमा बुझाइएको र एउटा मुद्दाको अनुसन्धान भइरहेको बताए ।

त्यस्तै सो अवधिमा बलात्कार प्रयार गरेको आरोपमा छ वटा मुद्दा दर्ता भएको छ । बलात्कारका घटनामध्ये ललाइफकाइमा सात, सामूहिकमा दुई र डर धम्की देखाएर छ वटा घटना घटेको प्रहरी उपरीक्षक आचार्यले बताए । आधुनिक प्रविधिको गलत प्रयोग, अपराध मनोवृत्ति, कानुनी ज्ञानको अभाव, ललाइफकाई, डर देखाएर र चेतना कमीका कारण बलात्कारको घटना हुने गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

साथै पीडकले सूचना नदिनु, आर्थिक प्रलोभनमा पीडित पर्नु, राजनीतिक दबाबलगायतका कारण बलात्कारको घटना नियन्त्रणमा चुनौती थपिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले बलात्कारका घटनालाई रोक्न राज्यका सबै अङ्ग परिचालित हुनुपर्ने बताउँदै घटना हुनै नदिन सचेतना जगाउनुपर्नेमा जोड दिए ।

अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेयले बलात्कारका घटनालाई नियन्त्रण गर्न सबै क्षेत्रबाट नागरिकमा जागरण ल्याउनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबरहरु