तालिम लिन क्यानडाको एडमन्टन पुगेका तीन जिम्मेवार कर्मचारीसहित पाँच बेपत्ता भए

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

mahanarpalikaकाठमाडौं । सहरी व्यवस्थापन सम्बन्धी तालिम लिन क्यानडाको एडमन्टन पुगेका काठमाडौं महानगरपालिकाका तीन जिम्मेवार कर्मचारीसहित पाँच उतै बेपत्ता भएका छन् ।

चैत २ देखि ४ सम्मको कार्यक्रम सकिएको साता बित्दासमेत उनीहरु देश फर्केका छैनन् । साथै,महानगरपालिका कार्यालयलाई पनि उनीहरुले आफ्नो तालिम भ्रमण टुंगिए–नटुंगिएको बारे जानकारी गराएका छैनन् ।

त्यसरी हराउनेमा वातावरण व्यवस्थापन विभाग प्रमुख ज्ञानेन्द्र कार्की,वातावर महाशाखा प्रमुख हरि कुँवर र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख नुरनिधि न्यौपाने छन् । यही समूहमा निमन्त्रण नै नभएका महानगरपालिका वडा ६ का इन्जिनियर निर्मल भट्टराई र कार्यान्वयन महाशाखाका नगर निरीक्षक राजु पाण्डेसमेत छन् ।

काजमा विदेश जानुपरे सम्बन्धित मन्त्रालय सचिवको स्वीकृति लिनुपर्ने प्रावधान लत्याउँदै उनीहरु १० दिनअघि क्यानडा हिँडेको महानगरपालिका स्रोतले बताएको छ ।

सम्बन्धित खबरहरु

शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७