आगलागी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह :अध्यक्ष ओली

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

kp-oli-inजनबोली ११ चैत, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार बेलुका ताप्लेजुङको फुङलिङ बजारस्थित तोक्मेडाँडामा भएको आगलागीबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी सो स्थानमा भएको भीषण आगलागीमा ४४ घर नष्ट हुनाका साथै १६२ घरपरिवार विस्थापित भएको खबरले आफू र सिङ्गो पार्टी स्तब्ध भएको बताउँदै पीडित परिवारका लागि उचित क्षतिपूर्ति र उनीहरूलाई बासस्थानको व्यवस्थाका साथै तत्काल राहत उपलब्ध गराउन अनुरोध गरेका छन् ।

सम्बन्धित खबरहरु