प्रश्नावली समिति खारेज भए आन्दोलनका कार्यक्रम फिर्ता हुने : देवेन्द्र पौडेल

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

Devendra_Poudel_20130114093037जनबोली ११ चैत, काठमाडौं । एमाओवादी समिति सदस्य देवेन्द्र पौडेलले सहमतीय संविधान बनाउने सुनिश्चितासहित संविधानसभाभित्र बनेको प्रश्नावली समिति खारेज भए आन्दोलनका कार्यक्रम फिर्ता हुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले दलबीच सहमति जुटाउन एमाओवादी लचक बन्दै आए पनि सत्तापक्षीय दलका अडानका कारण सहमति हुन नसकेको टिप्पणी गरे ।

विगतका आन्दोलन, विभिन्न पक्षसँग भएको सहमति, सम्झौता र अन्तरिम संविधानको गति र भावनाअनुसारको संविधान बन्नुपर्ने नेता पौडेलको भनाइ छ ।

सम्बन्धित खबरहरु