अर्थमन्त्रीमहतमाथि पोखरामा ढुंगामुढा प्रहार, महत सकुशल

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

Ram-saran-Mahatजनबोली ११ चैत, कास्की । अर्थमन्त्री रामशरण महतमाथि पोखरामा ढुंगामुढा प्रहार भएको छ । अर्थमन्त्री महत चढेको गाडीमा एमाओवादी विद्यार्थीहरुले ढुंगा प्रहार गरेका हुन् ।

कास्कीको सल्यानमा साना किसान कृषि सहकारीको कार्यक्रममा जानेक्रममा पोखराको सिम्पानेमा अर्थमन्त्री महतमाथि ढुंगा प्रहार भएको हो ।

प्रहरीले ढुंगामुढामा संलग्न माओवादी विद्यार्थी हरु क्षितिज सापकोटासहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्यमा लक्ष्मीप्रसाद सुवेदी, नेत्र चापागाईं, दिनेश पौडेल र विशाल गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ । ढुंगामुढाबाट महत सकुशल रहेको बताइएको छ ।

सम्बन्धित खबरहरु