‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता उद्घाटन

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

   APF 1
जनबोली/ ११ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा बुधबारबाट ‘सातौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७१’ सुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित एपीएफ लनटेनिस कोर्टमा आयोजित एक समारोहका बीच प्रतियोगिताको सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले उद्घाटन गरे ।

उद्घाटन शत्रमा महानिरीक्षक वन्तले लनटेनिस प्रतियोगिताका प्रमुख रेफ्री कृष्णराज घलेलाई लनटेनिस बल हस्तान्तरण गरी खेलको शुभारम्भ गरेका थिए । समारोहमा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी विविध विषयमा जानकारी गराए ।
APF 1 3
उद्घाटन लगत्तै भएको खेलमा पुरुष एकलतर्फ शक्ति शर्माले विकास खड्कालाई ३–६, ६–४ र ६–४ ले, जितेन्द्र परियारले एमबी टिमौरलाई ६–० र ६–० ले, सुरज थापाले प्रणय कार्कीलाई ६–४, ३–६ र ६–१ ले, मिलन रोकायले एन्टोनी राईलाई ६–१ र ६–० ले, छेवाङ्ग लामाले अनिल सेन्चुरीलाई ६–१ र ६–१ ले, अनिल शाहीले गौरव शाहीलाई ६–१ र ६–१ ले, कमल भण्डारीले सन्जय श्रेष्ठलाई ६–१ र ६–० ले, आकाश लामखोरले भीष्म काउचालाई ७–५ र ६–२ ले, अभिषेक बास्तोलाले साजन श्रेष्ठलाई ६–० र ६–० ले, दावा शेर्पाले प्रकाश चन्दलाई ६–० र ६–० ले पराजित गरेका छन भने सोही खेलमा सन्तोष खत्री, सुब्रत बस्नेत, श्रीयान्स कार्की, विवेक श्रेष्ठ र राजकुमार लामाले वाकओभर पाएका छन् ।

यसैगरी पुरुष युगलतर्फको खेलमा जितेन्द्र परियार र श्रीयान्स कार्कीको जोडीले हरि शर्मा र प्रशान्त श्रेष्ठको जोडीलाई ६–० र ६–० ले, दावा शेर्पा र अभिषेक बाँस्तोलाको जोडीले अर्जुन गुरुङ्ग र विकास खड्काको जोडीलाई ६–० र ६–१ ले तथा विश्व श्रेष्ठ र संजय श्रष्ठको जोडीले आकाश लामा र श्याम जि.सी.को जोडीलाई ६–१ र ६–१ ले पराजित गरेको गरेको छ भने श्रीराम रानामगर र गणेश कार्कीको जोडीले वाकओभर पाएको छ ।

APF 1

यसैगरी इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको खेलका दुर्गाबहादुर कुँवरले डा.इश्वर लोहनीलाई ६–१ र ६–२ ले, राम रानाले त्रिभुवन बिष्टलाई ६–१ र ६–४ ले पराजित गरेका छन भने सो खेलमा सुरेश श्रेष्ठ र सचिन कर्मचार्यले वाक ओधर पाएका छन् ।

यसैगरी ५५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा रत्नबहादुर गुरुङ्गले जेरौम इडोभलाई ६–४ र ६–३ ले, पृथ्वी थकालीले ज्ञानेन्द्र ताम्राकारलाई ६–१ र ६–३ ले तथा वाल्टर स्मीतले पदम गुरुङ्गलाई ७–५ र ६–२ ले पराजित गरेका छन् ।

यसैगरी ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा दुर्गाबहादुर कुँवरले अशोक गुरुङ्गलाई ६–१ र ६–४ ले, त्रिभुवन बिष्टले सुशील पाण्डेलाई ७–५ र ६–२ ले, करिमुला मुस्लिमले राजकुमार घिमिरेलाई ६–१ र ६–० ले, प्रताप मोक्तानले अर्जुन गुरुङ्गलाई ६–१ र ६–२ ले तथा रजोजमान श्रेष्ठले बच्चु गोपाललाई ६–१ र ६–१ ले पारजित गरेका छन भने सो खेलमा माधब थापा, राजन पौडेल र अनुज अरोराले वाकओभर पाएका   छन् ।

APF 1 2
आगामी चैत्र १५ गतेसम्म संचालन हुने सो प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको लनटेनिस कोर्ट तथा ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा संचालन गरिएको छ ।
प्रतियोगितामा समावेश कूल १४ वटा इभेन्ट्समा गरी २१ जना महिलासहित दुई सय ७० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा समावेश इभेन्ट्सहरुमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, मिश्रित युगल, नेपाल सरकारको सेवामा कार्यरत तथा अवकाश प्राप्त (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती सेवाका राजपत्राङ्कित अधिकृत) हरुको लागि एकल र युगल तथा भेट्रान्सतर्फ एकल र युगलतर्फको ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष माथिका खेलहरु तथा यसपटक थप गरिएको  ६५ वर्ष माथि भेट्रान्स युगल इभेन्ट्स रहेका छन् ।

उक्त प्रतियोगितामा पुरुष एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र क्वाटर फाइनलिष्टलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छभने पुरुष युगलतर्फ प्रथम पुरस्कार ४० हजार रुपैयाँ तथा द्वितिय र तृतीय पुरस्कारको राशी २०-२० हजार रुपैयाँ रहेको छ ।

यसैगरी महिला एकलतर्फ प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छभने महिला युगलतर्फ प्रथम पुरस्कार ४० हजार, द्वितिय र तृतीय पुरस्कारको राशी २०÷२०  हजार रुपैयाँ रहेको छ । यसैगरी मिश्रित युगलतर्फ प्रथम पुरस्कार ४० हजार तथा द्वितिय र तृतीय पुरस्कार २०÷२० हजार रुपैयाँ रहेको छ ।

प्रतियोगिताका खेलहरु आइटिएफ र एएनएलटिएको नियमअनुसार बेष्ट अफ थ्रीका आधारमा संचालन हुने छन् । एपीएफले यस प्रतियोगितासहित राष्ट्रिय स्तरमा ब्याडमिन्टन तथा महिला भलिबल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।  समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ई.रमा वन्त (राजभण्डारी) तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु दुर्जकुमार राई, जीवनकुमार थापा, कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ र प्रेमकुमार शाही लगायत एपीएफ अधिकृत एवं विभिन्न खेलकुद संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु