कार्यविभाजनमा एमालेले यसरी लगायो भागबन्डा (नामावली सहित)

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१
uml central committe

कार्यविभाजनमा एमालेले यसरी लगायो भागबन्डा -फायल तस्विर (जनबोली)

जनबोली/ ११ चैत, काठमाडौँ । महाधिवेशन सकिएको ९ महिना सम्म पनि कार्य विभाजन गर्न नसकेको भन्दै सवत्र विरोध खेपिरहेको नेकपा एमालेले आज केन्द्रीय नेताहरुको जिम्मेवारी तोकेको छ ।

नेकपा एमालेको बुधबार साँझ सम्पन्न स्थायी समितिको बैठकले केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

जिम्मेवारी यस्तो छ

  • अध्यक्ष केपी शर्मा ओली – पार्टी स्कूल तथा पार्टीको नेतृत्व
  • वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल (  टुंगो लाग्न बाँकी

    उपाध्यक्ष

  • वामदेव गौतम– सम्पर्क एवं समन्वय मध्यपश्चिमाञ्चल, इन्चार्ज किसान फाँट
  • विद्या भण्डारी– सम्पर्क एवं समन्वय पूर्वाञ्चल, इन्चार्ज महिला फाँट

    -महिला फाँट सहइन्चार्ज – थममाया थापा र जया घिमिरे

  • युवराज ज्ञवाली – सम्पर्क एवं समन्वय पश्चिमाञ्चल
  • अष्टलक्ष्मी शाक्य– सम्पर्क एवं समन्वय मध्यमाञ्चल
  • भीमबहादुर रावल– सम्पर्क एवं समन्वय सुदूरपश्चिमाञ्चल एवं प्रवास
  • महासचिव इश्वर पोखरेल– समग्र संगठनको कामको नेतृत्व

    उपमहासचिव

  • विष्णु पौडेल– भुगोल, मोर्चा तथा पार्टी सम्बद्ध विभागहरुको अनुगमनन तथा संयोजन
  • घनश्याम भुसाल– राज्य संचालनसँग सम्बन्धित तथा विभागहरुको समन्वय तथा अनगुमन

    सचिव

  • प्रदीप ज्ञवाली– केन्द्रीय सचिवालय सचिव
  • भीम आचार्य– राजकीय मामिला प्रमुख

    -कृष्ण गोपाल श्रेष्ठ कार्यालय सचिव

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७