एएफसी यु–२३ छनोट फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोर्यो

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

AFC-U-23-QUALIFIER-640x330काठमाडौं । इरानमा जारी एएफसी यु–२३ छनोट फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

बुधबार साँझ भएको खेलमा नेपाल अफगानिस्तानसँग २–० ले पराजित भएको हो । अफगानिस्तानलाई ७७ मिनेटसम्म रोकेको नेपालले त्यसपछि लगातार दुई गोल खाएको हो ।

नेपालले खेलको ७७ औं र ८९ औं मिनेटमा गोल खाएको थियो । यसअघि पहिलो खेलमा नेपाल आयोजक इरानसँग ५–० ले पराजित भएको थियो ।

अफगानिस्तान पहिलो खेलमा प्यालेस्टाइनसँग २–० ले पराजित भएको थियो । यो हारसँगै नेपालको छनोट हुने सम्भावना कमजोर बनेको छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७