अस्पतालकै खानेकुरामा झिङगा भन्केको र मरेको मच्छर डुबेको भेटेपछि

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

काठमाडौ । सरकारी अनुगमन टोलीले खानेकुरामा झिङगा भन्केको र मरेको मच्छर डुबेको भेटेपछि टिचिङ हस्पिटलमा रहेको कफी शप एण्ड क्याफेमा शिलबन्दी गरेको छ । बाणिज्य तथा आपुर्ति व्यवस्थापन विभागको संयोजकत्वमा उपभोत्ता अधिकार अनुसन्धान मन्च र प्रहरी सहितको टोलीले गरेको अनुगमनमा क्याफे शिलबन्दी गरेको हो । यसअघि सुधार गर्न दिएको निर्देशन पालना नगरेको र किचन अत्याधिक फोहर भेटिएकोले बन्द गरेको विभागले जनाएको छ ।

‘अनुगमनको क्रममा पहिलाको निर्देशन पालना भएको देखिएन । दहिमा भिङ्गा र लामखुट्टे मरेको भटिएको थियो । किचन गन्हाएको थियो’,विभागका अनुगमन शाखा निर्देशक हरि नारायण बेल्बासेले भने, ‘क्यान्टिन सन्चालकले सुधार नगरुन्जेल बन्द हुन्छ ।’ उनले अस्पताल प्रशासनको सहित रोहवरमा क्यान्टिनको सम्पूण कारोबार रोक्का गरेको बताए । सन्चालकले सुधार गरेको अस्पताल प्रशासनले अनुरोध गरे मात्रै शिलबन्दी खुला गरिने विभागले जनाएको छ । यसका लागि नयाँ पूवर्धार बनाउनु पर्ने विभागले जनाएको छ । आजको कान्तिपुरमा समाचार छ ।TEACHING

सम्बन्धित खबरहरु