विश्वकप क्रिकेट : दोस्रो सेमिफाईनलमा भारत र अष्ट्रेलिया भिड्दै

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

CRICKET-WC-2015-AUS-INDजनबोली १२ चैत, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले भारत र अष्ट्रेलियाबीचको खेल भइरहेको छ ।

सिड्नी ओभलमा अष्ट्रेलियाका कप्तान माइकल क्लार्कले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । जारी विश्वकपमा अष्ट्रेलियाले समूह चरणमा न्युजिल्याण्ड विरुद्धको एक खेल गुमाएको थियो । तर भारत प्रतियोगितामा अपराजित छ ।

भारत लगातार दोस्रो पटक फाईनलमा प्रवेश गर्ने दाउमा हुनेछ भने अष्ट्रेलिया २०११ को विश्वकप क्रिकेटको क्वाटरफाईनलमा भोगेको हारको बदला लिने दाउमा छ ।

अहिले सम्म यी दुई टोलीविच भएका १ सय १७ एक दिवसिय खेलमध्ये ६७ खेल अष्ट्रेलियाले जितेको छ भने ४० खेल भारतले जितेको छ ।

त्यसैगरी विश्वकप क्रिकेटमा १० पटक यी दुई टोली आमने सामन भएका छन् । त्यसमा ७ खेल अष्ट्रेलियाले जितेको छ भने ३ खेल भारतले जितेको छ । न्युजिल्याण्डले प्रतियोगिताको फाइनलमा स्थान बनाइसकेको छ ।

सम्बन्धित खबरहरु