चैते छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवतरुपमा सम्पन्न

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

chhathaजनबोली १२ चैत, विरगंज । सङ्गीत, श्रद्धा र भक्तिको सङ्गम मानिने तराईवासीको महानपर्व चैते छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवतरुपमा सम्पन्न भएको छ ।

श्रद्धालु भक्तजनले धार्मिक विधिअनुरुप धुमधामका साथ नदी, पोखरी वा तलाउको किनारमा बुधबार अस्ताउन लागेको र बिहीबार उदाउँदो सूर्यलाई जल, शुद्ध गहुँको पिठोबाट बनाइएको गुलियो खाद्य पदार्थ, फलफूल तथा मिठाइसहितको प्रसाद अर्पण गरेर छठ पर्व सम्पन्न गरेका छन् ।

यसैक्रममा हिजो साँझ र आज बिहान बीरगन्जको ऐतिहासिक पोखरी घडिअर्वामा छठ पर्व मनाउन श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो ।

सूर्य उपसना गरिने यो पर्वमा परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा चार दिनसम्म मनाइन्छ । छठ पर्वको आरम्भदेखि अन्त्यसम्म गीतको ध्वनि गुञ्जिरहन्छ ।

श्रद्धा, भक्ति र सम्पूर्ण तराईवासीको सा“झा सांस्कृतिक प्रतिबिम्बको पहिचानको रुपमा मनाइने छठ पर्व चैत शुक्ल चतुर्थीदेखि विधिवत सुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।

दसैं जस्तै छठ पर्व वर्षमा दुईपटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, सम्वृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि गरिन्छ ।

सम्बन्धित खबरहरु