२०७१ चैत १२ गतेको राशिफल

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

Raasifalआज मिति २०७१ साल चैत्र १२ गते बिहीबार । चैत्र शुक्ल सप्तमी, नेपाल संवत् ११३५ । तद अनुसार सन् २०१५ मार्च २६ तारेख । आजको दिन तपाईंको कस्तो रहेको छ त ? हेरौं आजको राशिफलमा ।

  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    पारिवारिक दायित्व बढ्नेछ। मित्र सहयोगले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ।
  • वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    अचल सम्पत्ति किनबेच हुनेछ। समाजमा मानसम्मान र पदप्रतिष्ठा बढ्नेछ। रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ।
  • मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा
    न्यायिक कार्य प्रभावित हुनेछ। राजनीतिक कार्यमा ढिलासुस्ती हुन सक्छ। बोलीको प्रभाव बढ्नेछ।
  • कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    धर्मकर्म तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। लामो यात्राको योग छ। मनोरञ्जन तथा विलासितामा खर्च बढ्न सक्छ।
  • सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आयआर्जन सन्तोषजनक रहनेछ। अध्ययनअध्यापनमा मन लाग्नेछ। बोलीको कदर हुनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ मिल्नेछ
  • कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    राजनीतिक दायित्व बढ्नेछ। शारीरिक आलस्यता बढ्न सक्छ। मान्यजनको सहयोग प्राप्त हुने योग छ। वैदेशिक यात्रा हुनसक्छ।
  • तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    दैनिक कार्यमा विवाद सामना गर्नुपर्ला। कृषि कार्यबाट सफलताको सम्भावना छ। जग्गाजमिनको कारोबारमा सफलता मिल्नेछ।
    वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
    पारिवारिक सम्बन्धमा प्रगाढता आउला। शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ। आफन्तको सहयोग सामान्य मिल्नेछ। दिनको पूर्वाद्र्ध शुभ रहनेछ।
  • धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    नारी वर्गको सहयोगले मानप्रतिष्ठा वृद्धि हुनेछ। नयाँ कार्य गर्ने अवसर प्राप्त हुनेछ। कुरा काट्नेहरू बढ्नेछन्। विजय प्राप्त हुनेछ।
  • मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    राजनीतिमा अन्योल कायमै रहला। अल्झनमा परेका कार्यहरू बन्नेछन्। व्यावसायिक कार्यमा परिवर्तन आउनेछ। आम्दानी वृद्धि हुनेछ ।
  • कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा
    व्यवसाय निर्यातमा अपेक्षाकृत आर्थिक लाभ मिल्नेछ। आँखामा समस्या देखा पर्न सक्छ। मानप्रतिष्ठा वृद्धि हुनेछ। कार्यमा सुस्तता आउनेछ ।
  • मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ। आफन्तसँग लेनदेनमा मनमुटाव बढ्न सक्छ। मानसिक विचलन आउनेछ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७