चैत १५ भित्र सहमति नभए सभाध्यक्षले संविधानसभाको बैठक बोलाउने

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

Suabsh nembangजनबोली १२ चैत, काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले विवादित विषयमा सहमति जुटाउनका लागि दलहरुलाई चार दिने अल्टिमेटन दिएका छन् । उनले चार दिनभित्र अर्थात चैत १५ गते सम्म सहमति नगरे संविधानसभाको बैठक बोलाउने बताएका छन् ।

सहमतिको लागि भन्दै लामो समय संविधानसभाको बैठक स्थगन गरेपनि सहमति गर्नेतर्फ दलहरु नलागेपछि सभामुखले यस्तो अल्टिमेटन दिएका हुन् । दलहरुलाई सहमतिका लागि ४ दिनको समय आफूले दिएको र १५ गते सम्म पनि सहमति गर्न दलहरु असफल भए संविधानसभाको बैठक बोलाउने आज बसेको प्रमुख सचेतकहरुबीच को छलफलमा नेम्वाङले बताए ।

बुधवार प्रमुख दलका संसदीय दलका प्रमुख सचेतकहरुसँगको छलफलमा नेम्वाङले भने, ‘अब दलहरुलाई सहमतिका लागि ४ दिनको समय छ, १५ गते सम्मा पनि सहमति नभए संविधानसभा बैठकको मिति तोकिन्छ ।’ छलफलमा कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका अग्नि खरेल, एमाओवादीका गिरीराजमणि पोखरेल, राप्रपा नेपालका दिलनाथ गिरी, फोरम लोकतान्त्रिकका रामजनम चौधरी र फोरम नेपालका शिवजी यादव सहभागी थिए ।

सम्बन्धित खबरहरु