सुशीलसँग देउवा आक्रोशित, सदस्यता वृद्धि गर्न दुई गुटको होडबाजी

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

sushil-deubaजनबोली १२ चैत, काठमाडौं । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको आरोप लाएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा निकट जिल्ला सभापतिको भेलाले सदस्यता वितरण पारदर्शी नभएको आरोप लगाएको हो ।

उनीहरुको भेलाले सदस्यता वितरणमा संस्थापनले मनोमानी गरेको भन्दै आक्रोश समेत व्यक्त गरेकोछ । देउवा निवास बुढानीलकण्ठमा बुधबार भएको सो भेलाले पार्टीको आसन्न १३ औँ महाधिवेशनको तयारीका क्रममा विभिन्न जिल्लामा संस्थापन पक्षले जिल्ला सभापतिलाई नै वाइपास गरी सदस्यता वितरण गरेको आरोप समेत लगाएको छ ।

सहभागी जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार मात्र नयाँ सदस्यता वितरण हुनुपर्ने माग गरेको भेलामा सहभागी केन्द्रीय सदस्य डा प्रकाशशरण महतले बताए ।

भेलामा आसन्न महाधिवेशनको तयारीका बारेमा छलफल हुनुका साथै सभापतिले सदस्यता वितरणमा आफूले पनि पक्षपात नगर्ने र संस्थापन पक्षबाट पनि नहोस् भन्नेमा जोड दिएको नेता महतले जानकारी दिए ।

काँग्रेसको आसन्न महाधिवेशनको तयारीका क्रममा विभिन्न जिल्लामा आफ्ना पक्षका क्रियाशील सदस्यता वृद्धि गर्न दुवै पक्षबीच होडबाजी चलेको देखिन्छ ।

सम्बन्धित खबरहरु