विश्वकप क्रिकेट : भारतलाई अष्ट्रेलियाद्वारा ३२९को चुनौति

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

Australia v India: Semi Final - 2015 ICC Cricket World Cupजनबोली १२ चैत, काठमाडौं । जारी विश्वकप क्रिकेट अन्तर्गत आज भईरहेको दोस्रो क्वाटरफाईनलमा अष्ट्रेलियाले भारतलाई ३२९ रनको चुनौति पेश गरेको छ ।

सिड्नी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली निर्धारित ५० ओभरमा सात विकेट गुमाई ३२९को स्कोर खडा गरेको छ । यो विश्वकपको सेमिफाईनलमा कुनै पनि टिमले खडा गरेको ठूूलो स्को रहो ।

उसले पहिलो विकेटका रुपमा भरपर्दा ब्याट्सम्यान डेभिड वार्नर १२ रनमा आउट भए, जतिबेला अष्ट्रेलियाले मात्र १५ रन बनाएको थियो ।

तर, आरोन फिन्च र स्टिभ स्मिथले अष्ट्रेलियाको पारी सम्हाले । फिन्च र स्मिथले दोस्रो विकेटका लागि १८२ रनको साभेदारी गरे । स्मिथ १०५ रनमा आउट भए । ९३ बलको सामना गरेका उनले ११ चौका र २ छक्का हाने ।

फिन्चले ग्लेन म्याक्सवेलसँग ३५ रनको साझेदारी गरे । म्याक्सवेल २३ रनमा आउट भए । थप एक रन जोड्दा फिन्च ८१ रनमा पभेलिन फर्किए ।

अष्ट्रेलियाका कप्तान माइकल क्लार्क पनि मात्र १० रनमा आउट भए ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७