[caption id="attachment_11115" align="aligncenter" width="428"]Arun kumar Singh  –डा. अरुणकुमार सिंह[/caption]

सार्क राष्ट्र पाकिस्तानमा झण्डै तीन सय विद्यार्थी विभिन्न क्षेत्रमा अध्ययन गर्ने गरेका छन् । चिकित्सा शास्त्र, ईन्जिनियरिङ, बी फार्मेसी, एम्.डी., एम.एस्, एम्.सी.पी.एस्. पत्रकारिता, फिजियो थेरापी र किचन साईन्सलाई छनोटको विषय बनाएर नेपाली विद्यार्थीहरु पाकिस्तानमा अध्ययन गर्न इच्छुक छन्, प्रोत्साहित छन् ।

नेपाली विद्यार्थीलाई पाकिस्तानमा बस्न निःशुल्क भिसा (प्रवेशाज्ञा) दिने गरेको र नेपालले पनि पाकिस्तानलाई साृही मुताबिक निशुल्क भिसा दिँदै आएको छ ।

नेपालले पाकिस्तानीहरुलाई पहिलो पटक पर्यटकिय भिसा निशुल्क गराएतापनि पाकिस्तानले सो पद्धति दुईतर्फी अवलम्बन नगरेको नेपालीको गुनासो छ ।

नेपाली दुतावासमा नेपाली विद्यार्थीको कुनै पनि प्रकारका रेकर्डहरु नरहको विद्यार्थीहरु बताउँछन् ।

धेरै जसो नेपाली विद्यार्थीको अन्तिम परीक्षा बाँकी रहँदा नेपालस्थित पाकिस्तानी दुतावासले विद्यार्थी भिसा नदिने गरेको पाइएको छ । नेपाली विद्यार्थीलाई विद्यार्थी प्रवेशाज्ञाको साटो पर्यटकीय भिसा दिने र शुल्क पनि ३,०००।– जति लिने गरेको विद्यार्थी बताउँछन् । निःशुल्का भिसालाई रकम तिनुपर्दा नेपाली विद्यार्थीलाई आर्थिक संकट परेको छ ।

नेपालबाट हरेक वर्ष सार्क सिटमा ५ जना चिकित्सा शास्त्र, ४ जना ईन्जिनियरिङ, ४ जना फार्मेसी र १ जना दन्त चिकित्सकमा डीटीए कार्यक्रम अन्तर्गत आउने गर्दछन् । जसको छात्रवृत्ति एघार देखि बाह्र हजार रुपैयाँ मात्र वार्षिक रहेको छ । छात्रवृत्तिबाट प्राप्त हुने रकमले विद्यार्थीलाई बसोबास, कलेज शुल्क, खाना, यात्रा लगायतमा आर्थिक संकट देखा परेको छ ।

नेपाली विद्यार्थीले एक पटकमा मात्र एक भिसा पाउँछन्, जसले गर्दा विद्यार्थीलाई ओहोदाहोर गर्न कठिन छ । यसमा मल्टिपल भिसाको व्यवस्था भएको खण्डमा विद्यार्थीहरुको आवतजावतमा सहज हुने थियो । त्यसको पाकिस्तानमा भिसा प्रणाली निःशुल्क हुनुपर्छ । भारतको अमृतसारबाट करिब ४ कि.मि बगा बोर्डर भएर नेपालीहरु पाकिस्तान आवत जावत गरिरहेका छन् । अध्ययन गर्ने विद्यार्थीको परीक्षा नसकिएसम्म निःशुल्क भिसाको व्यवस्था ततकाल कार्यान्वयन हुनु जरुरी छ ।

पाकिस्तानमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थीको समस्या चाँडो भन्दा चाँडो समाधान हुनु पर्ने अहिलेको आवश्यकता हो ।

सम्बन्धित खबरहरु