पोखराको न्युरोडमा आग लागी

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

fire-in-pokharaजनबोली १२ चैत, पोखरा । पोखराको न्युरोडमा आग लागी भएको छ । आग लागीबाट दुई पसल, ४ ओटा मोटरसाइकल जलेर नस्ट भएका छन । पोखरा ९ न्युरोडमा रहेको डिआइ फर्म हाउस र डिआइपी फर्निसिंग र प्रत्युसा रङ्ग पसलमा आगो लागी भएको हो । विहान ६ः४५ बजेबाट लागेको आगोले पसलमा  क्षती पुगेको छ ।

तिन ओटा मोटरसाइकल भने पूर्ण रुपमा क्षती पुगेका छन भने ग ६ प २७७७ नम्वरको सिविजेड मोरसाइकल आशिंक जलेको छ । पोखराको ब्यस्त बजार न्यूरोडमा आगोलागी भएपनि दमकल आउन केही ढिला भएको कारण बढि क्षती पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो निभाउन पोखरा उपहानगरपालिकाका दुई दमकल, नीजि पानी बोक्ने तिन टयांकरले प्रयोग भएका थिए । आगोग नियन्त्रणका लागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानियबासीको प्रयासमा करिव आधा घण्टामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । यामबहादुर गुरुङको घरमा आगो लागेको हो ।

आलागीमा दुई जना घाइते भएका छन् । गोविन्द पराजुली र शर्मिला गुरुङ घाइते भएका हुन् । त्यस्तै माथिल्लो तल्लामा रहेकी ५ वर्षिय बालिका आयुष्का अधिकारीलाई भने प्रहरीले उद्धार गरेको छ ।

सम्बन्धित खबरहरु