अष्ट्रेलियासँग विश्व च्याम्पियन भारत ९५ रनले पराजित (फोटो फिचर)

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

जनबोली/ १२ चैत, काठमाडौ । विश्व च्याम्पियन भारत विश्वकप क्रिकेटको सेमिफाईनल खेलमा अष्ट्रेलियासँग ९५ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ्ग रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै ३ सय २८ रन जोडेको थियो । कडा चूनौतिसहित ब्याटिङ्गमा उत्रिएको भारतले जम्मा ४६ दशमलव ६ ओभर मात्रै खेल्न नपाउदै विकेट गुमाएपछि ९५ रनको हार व्यहोर्न बाध्य भयो । उसले अ‍ेलमा २ सय ३३ रन मात्र जोड्न सफल भएको थियो ।

सिड्नी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली निर्धारित ५० ओभरमा सात विकेट गुमाई ३२९ रनको स्कोर खडा गरेको थियो । यो विश्वकपको सेमिफाईनलमा कुनै पनि टिमले खडा गरेको ठूूलो स्को र हो ।

उसले पहिलो विकेटका रुपमा भरपर्दा ब्याट्सम्यान डेभिड वार्नर १२ रनमा आउट भए, जतिबेला अष्ट्रेलियाले मात्र १५ रन बनाएको थियो । तर, आरोन फिन्च र स्टिभ स्मिथले अष्ट्रेलियाको पारी सम्हाले । फिन्च र स्मिथले दोस्रो विकेटका लागि १८२ रनको साभेदारी गरे । स्मिथ १०५ रनमा आउट भए । ९३ बलको सामना गरेका उनले ११ चौका र २ छक्का हाने ।

फिन्चले ग्लेन म्याक्सवेलसँग ३५ रनको साझेदारी गरे । म्याक्सवेल २३ रनमा आउट भए । थप एक रन जोड्दा फिन्च ८१ रनमा पभेलिन फर्किए । अष्ट्रेलियाका कप्तान माइकल क्लार्क पनि मात्र १० रनमा आउट भए ।

अष्ट्रेलिया यसअघि सन् १९७५, १९८७, १९९६, १९९९, २००३ र २००७ को विश्वकपको फाइनलमा पुगेको थियो। अष्ट्रेलियाले १९८७, १९९९, २००३ र २००७ मा विश्वकप जितेको थियो।

लगभग ३० हजार भारतीय समर्थकका बीच भारतीय टीमले कुनै जादु देखाउन सकेन। सुरुवाती ब्याट्सम्यान शिखर धवन र रोहित शर्माले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए। ४५ रनको व्यक्तिगत स्कोरमा शिखर धवन फेजलवूडको बलमा आउट भएपछि भारतीय टीम दबाबमा आयो। ७६ रनमा पहिलो विकेट गुमाएको भारतको दोस्रो विकेट विराट कोहलीका रुपमा ७८ रनमै गयो। कोहलीले १ रन मात्र बनाए। त्यसपछि भारतको इनिङ धरमारायो। १८ औं ओभरमा रोहित शर्मा ३४ रनमा आउट भए।

२३ औं ओभरमा रैनाको विकेट गुमाउँदा भारतको स्कोर जम्मा १ सय ८ रन मात्र थियो। त्यसपछि रहाने र कप्तान महेन्द्र सिंह धोनीले इनिङलाई सम्हाल्ने प्रयास गरे। टीमको स्कोर १ सय ७८ रन भएकोबेला ४४ रनको स्कोरमा रहानलेलाई मिचेल स्टार्कले पेभेलियन फर्काए। भारतका लागि सबैभन्दा बढी रन कप्तान महेन्द्रसिंह धोनीले बनाए। उनी ६५ रन बनाएर रन आउट भए।

भारतका लागि उमेश यादव स्टार बलर रहे। उनले ४ विकेट हात पारे। ९ ओभर बलिङ गरेका यादवले ७२ रन खर्चे। उनले अष्ट्रेलियाका फिन्च, वार्नर, स्मिथ र फौल्कनरको महत्वपूर्ण विकेट लिए। त्यस्तै मोहित शर्माले १० ओभर बलिङ गर्दै ७२ रन खर्चेर २ विकेट हात पारे। रविचन्द्रन अश्विनले म्याक्सवेलको महत्वपूर्ण विकेट लिए।

फाइनल खेल अष्ट्रेलिया र न्युजिल्याण्डबीच आइतबार मेलबर्न क्रिकेट मैदानमा हुनेछ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७