तात्दै गरेको काठमाडौमा असिना पानीले शितलता छायो

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

जनबोली/ १२ चैत, काठमाडौ । राजधानी काठमाडौंमा हावाहुरी र मेघगर्जन सहित असिनापानी परेको छ । काठमाडौंको आकास बिहानैदेखि राम्रोसँग खुल्न सकेको थिएन। साथै देशैभरी भएको मौषम बदलिका साथै पूर्वी नेपालको उच्च हमाली क्षेत्रमा हिमपात भएको छ।  मौसम पूर्वानुमान महाशाखाले जनाएअनुशार आज अबेरसम्म पानी परिरहनेछ ।
मौसमविद् सञ्जय श्रेष्ठका अनुसार जमिनमा बढेको तातोपनाका कारण धेरै उचाइमा बादल जम्मा हुन्छ। ‘तापक्रम बढ्दो छ, यसले गर्दा आकासमा धेरैमाथि बादल जम्मा हुन्छ’, श्रेष्ठले भने, ‘बादलकै कारण पानी पर्ने हो त्यो पानी जमेर खस्नु नै असिना हो।‘

IMG_0196 IMG_0199

सम्बन्धित खबरहरु