‘गृहमन्त्रीज्यू त्यसमा पैसाको चलखेल पनि सुनिएको छ नि?’

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १३ चैत, २०७१

bamedev-gautamकाठमाडौ । सभासदहरुले भिसा प्रोसेसिङको सबै काम निजी कम्पनीलाई दिने गृहमन्त्रालयको प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै गृहमन्त्री बामदेव गौतमलाई ‘र्‍याख र्‍याख्ती’ पारेका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा सभासदहरुले भिसाको काम निजी कम्पनीलाई हतारमा नदिन समेत उनलाई सचेत गराएका छन् ।

‘गृहमन्त्रीज्यू त्यसमा पैसाको चलखेल पनि सुनिएको छ नि?’ बैठकमा उपस्थित मन्त्री गौतमलाई प्रश्न गर्दै कांग्रेस सभासद अर्जुनप्रसाद जोशीले भने-‘म निष्कर्षमा त पुगेको छैन तर, मन्त्रीज्यूले यसबारे जवाफ दिनुपर्छ ।’

बैठकमा एमालेकै सभासदहरुले पनि उक्त प्रस्तावको बिरोध गरेका छन् । उनीहरुले विषयको गम्भीरतालाई बुझेर मात्र साझा सहमतिमा निर्णय लिन मन्त्रीलाई सुझाएका छन् । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७