केसीको स्वास्थ्य अवस्था दिनदिनै कमजोर, सरकार वेवास्ता गर्दै

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १३ चैत, २०७१

Dr.Gobinda-KC1काठमाडौं । आफूसँग भएका चार सम्झौतालाई सरकारले बेवास्ता गरेको भन्दै आमरण अनशनमा बस्न बाध्य चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिनदिनै कमजोर बनिरहेको छ।

बिहीबार अनशनको पाँचौं दिन रक्तचाप ‘लो’ र कमजोरी महसुस गर्दा पनि उनले माग पूरा नहुँदासम्म अनशन जारी राख्ने अडान लिएका छन्।

गत वर्ष माघमा प्रधानमन्त्री सुशील कोइरालाको अग्रसरतामा चिकित्सा शिक्षा नीति निर्माण र चिकित्सा विश्वविद्यालय स्थापना तथा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनेसम्बन्धी पारदर्शी नीति अपनाउने, नीति निर्माण नहुँदासम्म कुनै नयाँ कलेजलाई सम्बन्धन नदिनेलगायत १० बुँदे सम्झौता भएको थियो ।

सरकारसँग भएको उक्त सम्झौतासँगै केसीले १३ दिन लामो अनशन तोडेका थिए।

सहमतिलाई कार्यरूप दिन शिक्षा मन्त्रालयले पूर्वसचिव जयराम गिरीको संयोजकत्वमा चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड समिति र आईओएमका पूर्वडिन डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समित गठन गरेको थियो । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७