जर्मन विङ्सको विमानका बारेमा नयाँ रहस्य, सहचालकले जानीजानी विमान दुर्घटना गराए

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १३ चैत, २०७१

German wings airlinerवासिङटन । फ्रान्सको आल्प्स पर्वतमा दुर्घटना भएको जर्मन विङ्सको विमानका बारेमा नयाँ रहस्य खुलेको छ ।

विमान दुर्घटनाको जाँच गरिरहेका फ्रान्सेली अधिकारीका अनुसार विमानका सहचालकले जानीबुझी विमान दुर्घटना गराएका थिए । उक्त विमान दुर्घटना गराउने सहचालक आन्द्रे लुबिट्ज रहेको बताइएको छ ।

अधिकारीका अनुसार प्रमुख चालक ककपिटबाट बाहिर किस्केका बेला सहचालकले भित्रबाट ककपिट बन्द गरिदिए र विमान आफ्नो नियन्त्रणमा लिएका थिए।

यसको केही समयमै विमान दुर्घटनामा परेको थियो। फ्रान्सेली अधिकारीहरूले विमानको भ्वाइस रेकर्डरबाट उक्त रहस्य खुलासा भएको जानकारी दिएका छन् ।

यसअघि जर्मन विङ्सको विमान दुर्घटना हुनुभन्दा पहिले एकजना चालक ककपिटबाट बाहिर निस्केको बताइएको थियो। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु