सेलायो संवाद, नेता कोही बिरामी, कोही विदेशतिर

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १३ चैत, २०७१

Sambidhansabhaकाठमाडौं । विवादित विषयमा सहमति जुटाउन दलहरुलाई सुरुमा दिएको बुधबारसम्मको समय ब्यर्थै बितेपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले १५ चैतसम्मको थप समय दिएका छन् ।

तर, उक्त समयसीमाभित्र सहमति त परै जाओस्,प्रमुख दलहरुबीच औपचारिक छलफल हुने कुनै छाँटकाँट देखिएको छैन ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली बिरामी भएर आराम गरिरहेका छन् भने विपक्षी मोर्चाका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष प्रचण्ड चीन भ्रमणमा छन् ।

यद्यपि,प्रमुख दलका दोस्रो तहका नेताहरुले सहमतिका लागि अनौपचारिक संवाद भने गरिरहेका छन् ।

कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले कोही नेताहरु बिरामी र कोही विदेश गएका कारण शीर्ष तहमा औपचारिक संवाद हुन नसकेको बताए ।

‘नेताहरु छैनन् । प्रचण्ड विदेशमा हुनुहुन्छ । अरु नेतापनि अस्वस्थ भएपछि छलफल हुन नसकेको हो ।’ खड्काले भने ।

रुघाखोकीले च्यापेपछि प्रधानमन्त्री सुशील कोइराला हप्ता दिनदेखि निवासमै आराम गरिरहेका छन् भने ओली पनि अस्वस्थ भएपछि घरमै आराम गरिरहेका छन् ।

सम्बन्धित खबरहरु