नयाँ मेडिकल कजेलहरुलाई सम्बन्धन दिने त्रिविको अन्तिम तयारी

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १३ चैत, २०७१

TUकाठमाडौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले प्रधानमन्त्रीको निर्देशनअनुसार नयाँ मेडिकल कजेलहरुलाई सम्बन्धन दिइने बताए ।

‘देशमा आवश्यक मात्रामा मेडिकल कलेज नहुँदा अर्बौं रुपैयाँ बाहिरिन्छ’, उनले भने, ‘सरकारले यही विषयलाई मनन गरेर नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको हो । प्रधानमन्त्रीको निर्देशन हामीले मान्नै पर्छ ।’

अनसनमा रहेका डा. गोविन्द केसीको माग सरकारसँग सरोकार राख्ने उनले बताए । ‘केसी हाम्रो स्टाफ हुन्’,उनले भने, ‘उनको स्वास्थ्यप्रति हाम्रो सरोकार छ । तर माग सरकारसँग सम्बन्धित छ ।’

त्रिविले डेढ वर्षअघि नयाँ मेडिकल कलेज सम्बन्धन दिन सूचना प्रकाशित गरेको थियो । उक्त प्रक्रिया चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (आईओएम) मा रहेको उपकुलपति महर्जनले बताए ।

‘आईओएममा डिनबाट जे हुन्छ, त्यसपछि संकाय बोर्डले सिफारिस गरेलगत्तै त्रिविले निर्णय गर्छ’- उनले भने । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७