जेपी डुमिनी दिल्ली डेयरडेभिल्सको कप्तान नियुक्त

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १३ चैत, २०७१

JP-Duminy-to-Captain-Delhi-Daredevils-in-IPL-8दक्षिण अफ्रिकाका अलराउन्डर जेपी डुमिनी दिल्ली डेयरडेभिल्सको कप्तान नियुक्त भएका छन् ।

सन् २०१५ को आइपीएलको संस्करण सुरुहुनु अघि डुमिनी कप्तानमा नियुक्त भएका हुन् । आइपीएल अप्रिल ८ देखि सुरु हुँदैछ ।

यसअघिको संस्करणमा इंग्ल्याण्डका ब्याट्म्यान केभिन पिटरसनले दिल्लीको कप्तानी गरेका थिए ।

दिल्लीले अघिल्लो संस्करणको आइपीएलमा केबल २ खेलमा मात्र जित निकाल्दै पुछारमा रहेको थियो । डुमिनीले दिल्लीको लागि ४१० रन बनाएका थिए ।

यो सिजनका लागि दिल्लीले यूवराज सिंहलाई सबैभन्दा महंगो मूल्य १६ करोडमा किनेको छ । यसअघि यूवराजलाई कप्तानी दिने अनुमान गरिएपनि म्यानेजमेन्टले डुमिनिलाइ कप्तानीको जिम्मेवारी दिएको हो ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७