biplovजनबोली १३ चैत, रुपन्देही । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले फेरि रुपन्देहीमा एक सर्वसाधारणको जग्गा कब्जा गरेको छ । सैनामैनाको रानीबगैयास्थित चिन्तामणि पाण्डेको जग्गा कब्जा गरेको हो ।

नेकपा माओवादीले पाण्डेको करिब ३ बिघा ४ कठ्ठा जग्गामा झण्डा गाडेर कब्जाको घोषणा गरेको छ । उक्त जग्गाको मुल्य झण्डै १० करोड बराबर पर्छ ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट विभाजित भएको विप्लव माओवादीले पछिल्लो समयमा देशका विभिन्न स्थानमा झण्डा गाड्ने तथा कब्जा गर्ने अभियानलाई तिव्रता दिएको छ ।

केही दिनअघि मात्रै राजधानीमा लगानी बोर्डका प्रमुख राधेश पत्नको घरमा झण्डा गाड्दा दुई पोलिट्ब्युरो सदस्य सहित करिब डेढ दर्जन पक्राउ परेका थिए ।

सम्बन्धित खबरहरु