नयाँ संविधान जारी भए एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री : भट्टराई

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

Baburamजनबोली १३ चैत, पोखरा । एमाओवादी नेता डाक्टर बाबुराम भट्टराईले नयाँ संविधान जारी भए एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् ।

तर त्यसका लागी सहमतिका आधारमा जेठ १५ भित्र संविधान जारी गरिनुपर्ने नेता भट्टराइको तर्क छ ।

उनले भने ‘कांग्रेस एमालेले आफूहरुका मागमा लचकता देखाइ सहमतिका आधारमा संविधान जारी गरे केपी ओली प्रधानमन्त्री बन्नुहुने छ । ’

शुक्रबार पोखरामा सहमतीय संविधान निर्माणमा जनआन्दोलनको भूमिका विषयक अन्तरक्रियामा भट्टराईले भने अंंक गणितबाट संविधान जारी गर्ने संभावना छैन तसर्थ सहमतिको बिकल्प नखोजाैँ ।

भट्टराईले सहमतिमा संविधान ल्याउन नसके छिमेकी देशले हस्तक्षेप गर्ने बताएका छन् । घरमा लोग्ने स्वास्नी झगडा गरे भने त छिमेकीले के भएछ भनेर झ्यालबाट हेर्छन,’ ‘हामी आफैं नमिलेर झगडा गरिरहने हो भने छिमेकीले हस्तक्षेप गर्छन् ।’

उनले दलहरु मिलेर संविधान बनाई देश विकासमा जुट्नुबाहेक अर्को विकल्प नभएको जिकिर गरे ।

नेता भट्टराईले कांग्रेस एमालेका नेताहरु जातीय राज्यको बिरोध गर्दे संघियताको समेत उपहास गर्न खोजेको आरोप लगाए ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७