जलेको फुङ्लिङमा अग्निडाह मार्न यस्तो पूजापाठ

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

Aaglagi (2)ताप्लेजुङ । ताप्लेजुङका अग्निपीडितहरु एकै ठाउँ भेला भएर शुक्रबार वैद्दिक विधिअनुरुप पूजापाठ गरेर अग्निडाह मारेका छन् ।

उनीहरुले ब्रह्माणबाट पढाएर अग्नि शान्ति गर्दा आगोको डाह मर्ने र पुनस् यस्तो विपद नदोहोरिने विश्वास गरेका छन् ।

पुरोहित शिव भट्टराईका अनुसार ठूलो आगलागी भएपछि अग्निडाह मारिएन भने आगोको शक्तिले पुन अर्को ठाउँमा गएर क्षती गर्छ ।

यसअघि पटक पटक आगलागीको चपेटामा परेको ताप्लेजुङमा विधिपूर्वक अग्निडाह नमारिएकोले पुनः आगलागी भएको हुनसक्ने उनको विश्वास छ ।

अग्निडाह मार्न धुपबात्ती, नैवेद्य लगायतका पूजा सामग्रीहरु भेला पारी अग्निपीडितहरुले भगवानसँग पुन यस्तो घटना नदोहोर्याईदिन प्राथना गरेको अग्नीपिडित अनन्तमणि भट्टराईले जानकारी दिए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७