विकास खर्च बढाउन वैशाखमै बजेट ल्याउने

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

finance-ministryकाठमाडौ । विकास खर्च बढाउन वैशाखमै बजेट ल्याउने अर्थ मन्त्रालयले झन्डै ५ वर्षदेखिको प्रयास यस पटक पनि पूरा नहुने भएको छ ।

विपक्षी दलहरू संविधानसभा त्यागेर विरोधमा उत्रिएको र सम्बन्धित निकायको समेत तयारी नपुगेकाले वैशाखमा बजेट नआउने निश्चित भएको हो ।

संसदले हिउँदे नगरी सिधै बजेट अधिवेशन बोलाए पनि वैशाखमा बजेट आउने सम्भावना छैन ।
‘एकातर्फ मन्त्रालयहरूबाट योजना आयोगमा कार्यक्रम आइसकेका छैनन् भने अर्कोतिर राजनीतिक सहमति पनि छैन’, आयोगका एक उच्च अधिकारीले भने, ‘यसपटक पनि वैशाखमा बजेट नआउने भयो ।’

विशेषगरी दोस्रो संविधानसभाको निर्वाचनपछि लगातार विकास लक्षित पुँजीगत खर्च हुन नसक्नुमा समयमा बजेट नआउनु रहेको भन्दै वैशाखमै संसदमा बजेट पेस गर्ने र असारसम्म पारित गर्ने प्रयास भइरहेको थियो ।

अर्थमन्त्री रामशरण महतले पनि केही अघि वैशाखमै बजेट ल्याउने सार्वजनिक वक्तव्य दिएका थिए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

लागूऔषधसहित पक्राउ
  • सोमबार ५ असोज, २०७७
शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७