प्रधानमन्त्री कोइराला र गृहमन्त्री बामदेव गौतमबीच विवाद

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

Sushil-Bamdevकाठमाडौं । अध्यागमन र भिसा प्रोसेसिङको सम्पूर्ण जिम्मा निजी कम्पनीलाई दिने विवादास्पद प्रस्तावलाई लिएर प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री बामदेव गौतमबीच विवाद भएको छ ।

प्रधानमन्त्री कोइरालाले शुक्रबार मन्त्रिपरिषद बैंठकमा अध्यागमन, भिसा प्रोसेसिङ जस्तो राज्यको संवेदनशिल काम निजी कम्पनीलाई दिन नहुने बताएका हुन् ।

उनले मन्त्रिपरिषद मातहत आर्थिक तथा पूर्वाधार समितिमा रहेको गृहमन्त्रालयको प्रस्ताव रोक्नुपर्ने बताए ।

प्रधानमन्त्रीले संसदीय समिति तथा सञ्चार माध्यममार्फत प्रस्तावका विषयमा ब्यक्त चासोप्रति गम्भीर हुनुपर्ने उल्लेख गरे ।

जवाफमा गृहमन्त्री गौतमले प्रधानमन्त्री कार्यालयबाट गृहको प्रस्तावसम्बन्धी गोप्य सूचना चुहिएको आरोप लगाए ।

त्यसपछि दुबैतिर केहीबेर वादविवाद चल्यो । ‘सरकारले गर्न लागेको काम (भिसा प्रोसेसिङ सम्बन्धी प्रस्ताव) को सुचना तपाईंकै कार्यालयबाट गलत नियत राखि बाहिर चुहाइयो’, गौतमलाई उदृत गर्दै एक मन्त्रीले भने ।

एमालेका अरु मन्त्रीहरुले पनि प्रधानमन्त्री कार्यालयबाट सुचना चुहिएको आरोप लगाए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७