दुई सिफ्ट कार्य’ कर्मचारीका लागि भने कष्टकर

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

mahila-mkarmachariकाठमाडौ । सेवाग्रहीलाई सुविधा दिने उद्देश्यले सुरु गरिएको ‘दुई सिफ्ट कार्य’ कर्मचारीका लागि भने कष्टकर बनेको छ।

सेवाग्रहीको भीड लाग्ने यातायात ब्यवस्था, मालपोत, नापी, जिल्ला प्रशासन, जिल्ला विकास समिति जस्ता कार्यालयमा पुस १ गतेबाट विहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रवाह गर्ने ब्यवस्था सरकारले गरेको छ ।

सेवा प्रवाहको सुरुवात त भयो तर न जनशक्ति थपियो न त पारिश्रमिक नै, कर्मचारीले उही पारिश्रमिकमा थप समय काम गर्नुपर्ने बाध्यता भयो, गोरखापत्र दैनिकमा खबर छ ।

‘यो विकराल समस्याका रुपमा आएको छ,’ यातायात ब्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटी भन्छन्, ‘कुनै सुविधाविना कर्मचारीलाई १२ घण्टाकाममा जोताएपछि ती कर्मचारको परिवार र ब्यवहार चौपट नभएर के हुन्छ ?’

उनले तत्कालै दुई सिफ्ट सेवा लागू गरिएका कार्यालयमा कार्यरत कर्मचारीका हकमा तत्कालै कुनै उत्साह जगाउने खालको योजना ल्याउनुपर्ने आवश्यकता औल्याए ।

सरकारले पुस १ गतेदेखि सेवाग्रहीको बढी चाप हुने कार्यालयमा विहान ६ बजेदेखि दिनको १२ बजेसम्म् र १२ बजेदेखि साँझ ६ बजेसम्म दुई चरणमा सेवा प्रवाह गर्न थालेको हो । दुई सिफ्टमा सेवा प्रवाह गर्दा सेवाग्रहीको सुविधालाई मात्र ध्यान दिएको पीडित कर्मचारीको गुनासो छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७