राष्ट्रपति यादव र चिनियाँ राष्ट्रपति सि जिनपिङबी आज भेटवार्ता

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

rambaran yadavजनबोली १४ चैत, काठमाडौं । चीनको औपचारिक भ्रमणमा गएका राष्ट्रपति डा रामवरण यादव र चिनियाँ राष्ट्रपति सि जिनपिङबी आज भेटवार्ता हुने भएको छ ।

“एसियाका लागि बोआओ मञ्च” को वार्षिक सम्मेलनमा सहभागी हुन चिन गएका राष्ट्रपतिले आज सीसँग भेट गर्न लागेका हुन् ।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा बिहीबारदेखि सुरु भएको सम्मेलनमा राष्ट्रपतिले आज सम्बोधन गर्दैछन् ।

अपराह्न चिनियाँ समकक्षीसी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका क्रममा जिनपिङले नेपालका लागि आर्थिक सहायता घोषणा गर्नेछन् ।

आजै अपराह्न राष्ट्रपति यादव र अस्ट्रियाका राष्ट्रपति डा. हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग पनि बेग्ला–बेग्लै भेटवार्ता गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साताव्यापी चीन भ्रमणका रहेका राष्ट्रपतिय यादव बुधबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित खबरहरु