विवादलाई बढाउन भन्दा समाधानको उपाय खोजी गर्नु उपयुक्त : नेपाल

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

madhav kumar nepalजनबोली १४ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले भावि संविधानका अन्तरवस्तुमा देखिएको विवादलाई बढाउन भन्दा समाधानको उपाय खोजी गर्नु उपयुक्त हुने बताएका छन् ।

भक्ति दर्शन टेलिभिजनको तेस्रो बार्षिकोत्सव तथा रथ यात्राको शुभारम्भ गर्दै नेता नेपालले नेपाले जनताको चाहना अनुसार दलहरु अघि बढ्न नसके जनताले नसहने बताए ।

उनले जनताले सबै दलहरु एक भएर संविधान जारी गरेको हेर्न चाहेकाले सहमतिकालागि नयाँ विकल्प खोजि गर्नुपर्ने बताए ।

नेता नेपाले दलहरुबीच संघियतामा केहि समस्या रहेको बताउदै एमाओवादी मोर्चाले पनि नयाँ संविधान चाहेको भए संघियताका बिषयमा थप बिकल्पमा जान सकिने बताए ।

उनले संविधान जारी गर्न दलहरुमा इच्छाशक्ति तथा अघि बढ्ने चाहाना हुनु पर्नेमा बताए । संविधान जारी भएपछि देशले आर्थिक विकासमा गति लिने भन्दै नेता नेपालले त्यसकालागी दलहरु गंभिर हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबरहरु