चीनको भ्रमणबाट फर्किएका प्रचण्ड के भन्छन् ?

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

prachanda janaboliजनबोली चैत १४, काठमाडौं ।चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएका एमाओवादी अध्यक्ष प्रचण्ड शुक्रबार राती स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो चीन भ्रमण अत्यत्नै फलदायी भएको बताउँदै चीनले नेपालको संविधान निर्माणमा भइरहेको ढिलाईप्रति चासो व्यक्त गरेको बताए ।

चीनमा रहँदा आफूसँग चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसहित उच्च चिनियाँ अधिकारीसँग भेट भएको जानकारी दिँदै प्रचण्डले उनीहरुले नेपालमा छिट्टै सहमतिमा संविधान जारी भएको हेर्न चाहेको बताए । यस्तै दलहरुले गरेका निर्णय चीनलाई मान्य हुने भन्दै चिनियाँ पक्षले नेपालमा स्थिरता भएको हेर्न चाहेको समेत बताएको चिनियाँ अधिकारीलाई उदृत गर्दै प्रचण्डले जानकरी दिए ।

नेपालमा चीनले संघीयता नचाहेको भन्नेबारे अनेकौँ टिप्पणी भइरहेको सन्दर्भमा त्यबारे आफूले बुझ्दा त्यस्तो नपाएको प्रचण्डले बताए । उनले नेपालमा जतिसक्दो चाँडो, संविधान निर्माण गरेर आर्थिक विकासमा लाग्नुपर्छ भन्ने नै चीनको जोड रहेको बताए । उनले चिनियाँ नेता तथा सरकारी अधिकारीसँगको भेटमा नेपालमा पर्यटन, कृषि लगायतका क्षेत्रमा सहयोग गर्न समेत आग्रह गरेको बताए ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७