प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

Kp-oli-and-Sushilजनबोली १४ चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री कोइराला मध्यान्ह ओली निवास बालकोट पुगेका थिए । भेटका अवसरमा दुई नेताहरुबीच संविधान निर्माणप्रक्रिया विपक्षी एमाओवादी नेतृत्वको मोर्चाको आन्दोलन लगायतका विषयमा छलफल भएको थियो ।

भेटवार्ताका दुई नेताबीच एमाओवादी नेतृत्वको अल्पमतको आन्दोलनको कुनै औचित्य नभएको निष्कर्ष निकालिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

करिब डेढ घन्टा भएको छलफलमा कोइराला ओलीबीच विपक्षीहरुलाई पनि सहमतिमा ल्याउने विषयमा छलफल भएको भेटपछि प्रधानमन्त्री कोइरालाले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु