कांग्रेस एमालेले बिगतमा भएका सहमति तोड्यो : अध्यक्ष प्रचण्ड

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

prachanda-babu1जनबोली १४ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कांग्रेस एमालेले बिगतमा भएका सहमति तोडेको आरोप लगाएका छन् ।

एकीकृत माओवादी सहितका ६ माओवादीले संयुक्त रुपमा शनिबार काठमाडौमा गरेको अन्तक्र्रिया कार्यक्रममा प्रचण्डले बिभिन्न वहानामा सत्तारुढ काग्रेस र एमालले बिगतमा भएको महत्पूर्ण सहमति तोड्दै एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका हुन् ।

उनले राजनीतिक र कानूनी मुद्दा ब्यूँताएर सिध्याउन खोजिएको भन्दै अब एक भएर सडकमा उत्रनुको विकल्प नभएको उल्लेख गरे ।

माओवादीहरु अहिले पनि क्रान्तिकारी नै रहेकाले आफूहरुलाई सखाप गर्ने रणनीतिमा कुनै परिवर्तन नआएको उनले दावी गरे ।

उनले सबै माओवादीलाई एकतामा ल्याएर आन्दोलन गर्नु कुनै अपराध नभएको भन्दै केहि दलहरु माओवादीलाई कमजोर बनाउने खेलमा लागेको धारणा राखे ।

उनले आफुहरु जस्तो सुकै कमजोर भएपनि फेरी जनताको साथ र समर्थन हेर्दा माओवादी काग्रेस एमाले र राजावादी जस्तो नबनेको टिप्पणी गरे ।

कार्यक्रममा अन्य माओवादी नेताहरुले क्रान्तिलाई पुरा गर्नका लागी माओवादीहरु एक हुनुको बिकल्प नभएको बताएका थिए ।

सम्बन्धित खबरहरु