माओवादीमा विचार तथा सिद्धान्तको खडेरी : अध्यक्ष ओली

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

Kp-oliजनबोली १४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एनेकपा माओवादीमा विचार, सिद्धान्त सकिएका कारण लौरो लिएर सडकमा उत्रिएको आरोप लगाएका छन् ।

पार्टी कार्यालय बल्खुमा माओवादी छाडेर पुनः एमालेमै फर्किएका अर्थविद् डिल्लीराज खनाल लगायतलाई स्वागत गर्दै अध्यक्ष अाेलीले माओवादीमा विचार तथा सिद्धान्तको खडेरी परेको दावी गरेका हुन् ।

उनले सहि विचारबाट प्रेरित नभएका कारण माओवादी सडकमा लौरो देखाएर तर्साउन निस्किएको आरोप लगाए ।

उनले गतल कुरागर्नेहरु बढि चिच्याएर बिषयलाई सहि बनाउन लागिरहेको भन्दै त्यसो हुन नदिने दावी गरे ।

अध्यक्ष अाेलीले एकिकृत नेकपा माओवादी जातिय संघियताको विषमा चिच्याउदै हिडेपनि एमालेले जातिय संघियता कुनै पनि हालतमा नस्विकार्ने स्पस्ट पारे ।

पार्टीमा स्वागत कार्यक्रममा अध्यक्ष अाेलीले पहिलो संविधानसभामा एमाओवादी खहरे भएकोले छेउछाउबाट ढुंगा माटो बगाएझै अन्य पार्टीका कार्यकर्ता लगेको भन्दै अव खहरे सुके सँगै पार्टी छोडेकाहरु फर्किने टिप्पणी गरे ।

कार्यक्रममा नेकपा एमालेका नेता माधबकुमार नेपालले माओवादीले सहि अर्थमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै डिल्लीराज खनाल कसरी माओवादीमा प्रबेश गरे भन्नेमा आफू अचम्मित भएको बताए ।

पार्टी प्रवेश गरेका खनालले भने ‘ आफू तत्कालिन अवस्थामा भूत लागेका कारण एमाओवादी प्रवेश गरे जसमा मलाई पश्चाताप छ । ’

उनले एमाले मात्र सहि रुपमा मुलुकको रुप फेर्न सक्ने र नेपालको कम्युनिष्ट केन्द्र बन्न सक्ने दावी गरे ।

कार्यक्रमा खनाल सँगै अन्य २०० जना बिभिन्न पार्टी छाडेर एमाले प्रवेश गरेका जनाइएको थियो ।

सम्बन्धित खबरहरु