गणतन्त्र दिवसको अवसर पारेर संविधान जारी गर्ने : सिटौला

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

krishna_prasad_sitaulaजनबोली १४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्र दिवसको अवसर पारेर संविधान जारी गर्ने गृहकार्य भइरहेको बताएका छन् ।

पार्टी निकट कर्मचारीको संगठन नेपाल निजामति कर्मचारी युनियनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस महामन्त्री सिटौलाले गठतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते संविधान जारी गर्ने विषयमा दलहरुबीच भित्रभित्रै छलफल भैरहेको बताए ।

उनले दलहरुबीच संविधानका केही विषयमा विवाद भएपनि सहमतिका आधारमा संविधान बन्ने बताए ।

कांग्रेस महामन्त्री सिटौलाले निजामती कर्मचारीले नागरिकको चाहना अनुसार सेवा प्रदान गर्नका लागि आफूलाई परिवर्तन गर्नुपर्ने बताए । उनले निजामती कर्मचारीले आफ्नो कार्यशैलीमा परिवर्तन नगरे नागरिकलाई राजनीतिक परिवर्तनको अर्थ नहुने बताए ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७