संविधान निर्माण गर्न नेपाली जनता सक्षम : राष्ट्रपति यादव

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

rambaran yadavजनबोली १४ चैत, काठमाडौं । राष्ट्रपति डा.रामवरण यादवले संविधान निर्माणको काममा केही कठिनाइको सामना गर्नु परे पनि सौहाद्रपूर्ण ढङ्ले समाधान गर्न नेपाली जनता सक्षम रहेको बताएका छन् ।

गत बिहीबारदेखि चीनको दक्षिणी प्रान्त हेनानस्थित बोआओ नगरमा सुरु भएको एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई शनिबार बिहान सम्बोधन गर्दै उनले नेपाली जनताको संविधान प्राप्तिका प्रयासमा अन्तर्राष्ट्रिय समुदाय एवं शुभचिन्तकबाट बृहत समझदारी, ऐक्यबद्धता र सहयोग आवश्यक रहेको बताए ।

नेपालको आर्थिक पूर्वाधार तथा अर्थतन्त्रका उत्पादनमूलक क्षेत्रका साथै संस्था र सर्वसाधारणमा बृहत लगानीको आवश्यकता रहेको जानकारी दिँदै राष्ट्रपति डा.यादवले विशेषगरी निरन्तर बढिरहेको युवा वर्गमा त्यस्तो लगानी गर्न जरुरी भएको उल्लेख गरे ।

राष्ट्रपति यादवले पूर्वाधार, जलविद्यत, कृषि, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा गरिने लगानीले प्रतिफल प्रदान गर्ने बताउँदै पुँजी प्रवाह गर्न अनुरोध गरे ।

राष्ट्र राष्ट्रबीच र देशभित्रै विद्यमान आय तथा असमानताका अन्य स्वरुपलाई पूर्णतः उपेक्षा गर्न नसकिने बताउँदै राष्ट्रपतिले सबै देशले आफ्ना नागरिकलाई सम्मानजनक जीवन यापनको सुनिश्चितता गर्न नसकेको यथार्थ औँल्याए ।

साताव्यापी चीन भ्रमणका रहेका राष्ट्रपतीय यादव बुधबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७