६० हजार क्यान्सरका बिरामी थपिँदै

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

cancer-symbolकाठमाडौँ,  चैत १४– नेपालमा प्रत्येक वर्ष ६० हजार क्यान्सरका बिरामी थपिँदै गएको पाइएको छ ।

नेपाल क्यान्सर सोसाइटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा पाठेघर, फोक्सो, पेट, स्तनलगायतका क्यान्सरका बिरामी बढिरहेको जानकारी गराइएको हो ।

कार्यक्रममा क्यान्सर विज्ञ डा मदनकुमार पियाले सरकारले क्यान्सर रोगी विपन्नलाई रु एक लाख अनुदान दिने गरे पनि त्यो कम भएको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिए । उनले क्यान्सर, मुटु तथा मिर्गाैला रोगका बिरामीलाई उपचार तथा औषधिमा पहुँच अभिवृद्धि गरी तीनको न्यूनीकरणका लागि खानपिन तथा आहारविहारमा ध्यान दिन सुझाव दिए ।

सभासद् चण्डी राईले क्यान्सर रोगलाई निःशुल्क गर्ने र अनुदान रकम बढाउने विषयमा आफूहरूले सरकारलाई सुझाव दिइरहेको भन्दै मुलुकका पाँचै विकास क्षेत्रमा क्यान्सर रोगको उपचारका लागि अस्पताल खोल्नुपर्ने बताए ।

भारतीय जनता पार्टीका नेता डा दिनेश उपाध्यायले क्यान्सर सोसाइटीले औषधिको सहजता, क्यान्सर पीडितलाई हवाइ यात्रामा सहुलियतको व्यवस्था गरेकामा प्रशंसा व्यक्त गर्दै आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सोसाइटीका अध्यक्ष रामनाथ मैनालीले २०६१ सालमा स्थापना भएको सोसाइटीले रोग लाग्नै नदिने र लागेपछि पनि काउन्सिलिङ गर्ने काम गरिहरेको जानकारी दिँदै क्यान्सरको औषधि महँगो भएकाले सरकारले यसमा ध्यान दिन जरुरी रहेको बताए ।

प्रा डा गोविन्द गुरागार्इंले सोसाइटीले परामर्श र सावधानी अपनाउनुपर्ने विषयमा काम गर्दै आएको उल्लेख गर्दै स्वयम्सेवी संस्थाका रूपमा रहेको सोसाइटीलाई सबैले सहयोग गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा क्यान्सर रोगको उपचार र जनचेतनामा काम गरेकी सिर्जना कोइरालालाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबरहरु